अब ५ रुपैयाँभन्दा बढी सि–आश्वा शुल्क लिन नपाउने

Aug 22, 2022 11:29 AM Merolagani



नेपाल धितोपत्र बोर्डले सि–आश्वा शुल्क घटाउने भएको छ। भदौ ५ गते, आइतबार बसेको बोर्डको बैठकमा सो प्रस्ताव लगिएको बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिएका छन्।

उनका अनुसार अब ५ रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था गरिनेछ। यो निर्णय चाँर्ड कार्यान्वयनमा ल्याउले पनि उनले बताएका छन्।

५ रुपैयाँ शुल्कमा १ रुपैयाँ धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकले पाउने छ भने १ रुपैयाँ सिडिएस एण्ड क्लियरिङले पाउनेछ। अधिकतम शुल्क ५ रुपैयाँ तोकिएपनि सोभन्दा कम लिन सक्ने वा निःशुल्क पनि गर्न सकिने उनले बताए।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।