"बर्जरको रंगोत्सव" ग्राहक योजना सार्वजनिक

Aug 28, 2022 01:01 PM Merolagani



बर्जर पेन्ट्स नेपालले यो वर्जको चाडपर्वमा "बर्जर रंगोत्सव" ग्राहक योजना ल्याएको छ । भदौ १ गतेबाट मसिंर १० गतेसम्म लागू हुने गरी आउँदै गरेको दशैँ तिहारका साथै फिफा विश्वकपलाई लक्षित गर्दै कम्पनीले यो अफर ल्याएको हो ।

फिफा विश्वकप २०२२ को उत्साहलाई अझ दोब्बर वृद्धि गर्न बर्जर पेन्ट्स नेपाल लक्की ड्र पुरस्कार सहितको आकर्षक अफर ल्याएको छ । यस योजनामामा सहभागी भई १५० भन्दा धेरै घरधनीहरुले नगद तथा जिन्सी पुरस्कारहरु जित्न सकिनेछ ।

बर्जर पेन्ट्स नेपालका कन्ट्री मेनेजर सत्य प्रकाशले भने,’ हामीले यो योजनासँगै चाडपर्वको उल्लाससँगै फुटबल जोशलाई जगाउने लक्ष्य राखेका छौँ। यो बेला खुसी ल्याउने हाम्रो प्रयासस्वरुप हामीले उत्साहर्नक अफरहरु र आकर्षक पुरस्कारहरु त्यो उत्साहलाई दोब्बर पार्न ल्याएका छौँ।’

बर्जरको प्रिमियम उत्पादनहरु वेडरकोट लङ्ग लाइफ, वेडरकोट अल गार्ड, सिल्क ब्रिड इजी, सिल्क ग्ल्याम सिल्क लक्जरी इमल्सनमा यो योजना लागू गरिएको छ । यो योजना अन्तर्गत बर्जर पेन्ट्सको छनोट रेन्जबाट न्यूनतम ५० हजार रुपैयाँमा पेन्ट्स किन्दा १०० वर्गफिट बराबरको सिल्क इलूजनवाल पेन्ट पक्का पुरस्कार प्रदान गरिनेछ।

एक भाग्यशाली घरधनीले लक्की डमा« सोनी ब्राण्डको ७५’’ एलईडी टिभी बम्पर पुरस्कारमा जित्ने अवसर पाउन सकिनेछ भने २ जनाले सामसङको ३४५ लिटरको रेफ्रिजेरेटरको मेगा पुरस्कार जित्ने अवसर मिल्छ । त्यस्तै १० जनाले सामसङको ७.२ किलोको वासिङ मेसिन,२० जनाले सामसङकै ए ०३७ मोबाइल फोन र ७५ जना विजेताले एक्युफिट स्मार्टवाच जित्न सक्छन्। यसका साथै यस योजना अन्तर्गत घरधनीहरुले भर्खरै रंगाइएका घरको ताजा तस्बिर सामाजिक सञ्जालमा सेयर डिजिटल प्रतियोगितामा भाग लिई आकर्षक पुरस्कारहरु जितन सकिनेछ ।

तद्धिर सामातर्क सञ्जालमा सेयरडिजिटल प्रतियोगितामा भाग लिई आकर्षक पुरस्कारहरु जित्न सकिनेछ।

विजेताको निर्णय लक्की ड्रबाट हुनेछ भने यसको घोषणा बर्जर पेन्ट्सको वेबसाइट र आधिकारिक सामाजिकतर्फ सञ्जाल मार्फत गरिनेछ।

 




comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।