प्रधानमन्त्री देउवाले कार्यक्रममा देश किन विकसित हुन सकेन भन्ने बारेमा व्यापक छलफल गर्नुपर्ने बताए । कर्मचारीहरू दुर्गम क्षेत्रमा जान नचाहने कारण पनि काम अघि बढ्न नसकेको उनको भनाइ छ ।
उनले भने, ‘जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको काम हुँदैन । सत्य कुरा याे हाे कि सरकार अस्थायी हो, कर्मचारीतन्त्र स्थायी । यो देशको दुर्गती हुनुको जिम्मेवार को हो ? राजनीतिक दलहरु मात्रै हो कि ब्युरोक्रेसी पनि हो ? किन काम भइरहेको छैन,अहिले यहाँ व्यापक छलफल गरौँ ।’
उनले थपे ‘हामी त ५ वर्षका लागि हाे, हार्ने हार्छ, जित्ने आउने हो । तपाईहरु त पेन्सनसम्म हुनुहुन्छ नि । काम नै भएको छैन, दुर्गती छ देशको । यसको व्यापक छलफल हुन जरुरी छ ।’
अहिले देशको आम्दानी नहुँदा कर्मचारीहरूलाई पनि विदेशबाट पैसा मागेर दिनुपर्ने बेला आएको प्रधानमन्त्री देउवाले बताए ।