कुन बैंकले कति लाभांश दिए, बाँकीको कति छ क्षमता ? सूचीसहित

Oct 28, 2024 05:41 PM MeroLagani



गत वर्षको नाफाबाट अहिलेसम्म ५ वटा बैंकले लाभांश घोषणा गरे भने ४ वटा बैंकले लाभांश घोषणा गर्ने छैन भने १० वटा बैंकको अझै लाभांश घोषणा गर्न बाँकी छ । त्यसमध्ये सिद्धार्थ र एनएमबि बैंकहरुको गत वर्षको लाभांश क्षमता क्रमशः २.६० र १.३० प्रतिशतमात्रै रहेका कारण लाभांश घोषणा नगर्न सक्छ ।

अहिलेसम्म एभेष्ट बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक र सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । ५ वटा बैंकमा ३ वटा बैंकले बोनस शेयरमा जोड दिएका छन् भने २ वटा बैंकले नगद लाभांश मात्रै दिएका छन् । एभरेष्ट बैंकको २७.१५ प्रतिशत लाभांश दिने क्षमता भए पनि उसले १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश गरेर १५.५३ प्रतिशत मात्रै लाभांश दिएको छ । सिटिजन्स बैंकले भने लाभांश दिन मिल्ने क्षमतासम्म मात्रै लाभांश दिएको देखिएकोछ । बैंकको वितरणयोग्य प्रति शेयर आम्दानी ४.१७ प्रतिशत रहेकोमा ४ प्रतिशत बोनस शेयर र शून्य दशमलब २१ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश वितरण गरेको छ । सानिमा र प्राइम कमर्सियल बैंकले भने गत वर्षको नाफाबाट यसपटक नगद लाभांश घोषणा गरेका छ । सानिमा बैंकले विगतमा वार्षिक १० प्रतिशतको हाराहारीमा बोनस शेयर दिएर पुँजी वृद्धि गर्दै आएकोमा यसपटक ५.२६३२ प्रतिशत नगद लाभांश मात्रै घोषणा गरेको हो । यद्यपि सानिमा बैंकको १०.४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको छ । प्राइम कमर्सियल बैंकको ६.१८ प्रतिशत लााभांश वितरण गर्ने क्षमता रहेकोमा ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

लाभांश प्रस्ताव गर्न बाँकी बैंकहरुमध्ये सबैभन्दा धेरै क्षमता स्टान्डर्ड चार्टर्ड बैंकको देखिएको छ । यसको गत वर्षका लागि लाभांश वितरण क्षमता २६.५० प्रतिशत रहेको छ । त्यस्तै, कृषि विकास बैंकको १९.७९, नबिल बैंकको १४.२६ र नेपाल एसबीआई बैंकको १०.७६ प्रतिशत लाभांश वितरण क्षमता देखिएको छ ।

अब लाभांश घोषणा हुन बाँकी बैंकहरुको लाभांश क्षमता भने ५ प्रतिशतको हाराहारीमा मात्रै रहेको छ । लक्ष्मी सनराइजको ५.५५, नेपाल बैंकको ५.२४, प्रभु बैंकको ५.२, माछापुच्छ्रे बैंकको लाभांश क्षमता ४.०१ प्रतिशत देखिएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक, एनआइसी एसिया बैंक र हिमालयन बैंकको लाभांश क्षमता भने ऋणात्मक रहेका कारण गत वर्षको नाफाबाट यी ४ बेंकले सम्भवतः लाभांश घोषणा गर्ने छैन ।




comments powered by Disqus

मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंक मौन, भएन कुनै नीतिगत परिवर्तन

Nov 29, 2024 10:34 AM

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा राष्ट्र बैंक मौन देखिएको छ। केन्द्रिय बैंकले शुक्रबार सार्वजानिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा कुनै पनि नीतिगत परिवर्तन गरेको छैन।