आइएमई लाइफले संस्थापकलाई शतप्रतिशत पूँजी थप्न लगाउने, यसरी पुर्याउदैछ ५ अर्ब चुक्ता पूँजी

Sep 18, 2022 11:29 AM Merolagani

आइएमई लाइफ इन्स्योरेन्सले पूँजी थप्ने विषेश प्रस्ताव सहित पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले असोज २६ गते विहान ११ बजे लैनचौर बैङक्वेट्स, लैनचौरमा सभा बोलाएको हो ।

 

बीमा समितिको निर्देशन अनुसार कम्पनीले २०७९ चैत मसान्तभित्र कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ कायम गर्नुपर्नेछ ।

त्यस अनुसार सभाले संस्थापक शेयरधनीबाट हाल कायम चुक्ता पूँजीको शत प्रतिशत बराबरको शेयर पूँजी पुनः थप गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । संस्थापकले शत प्रतिशत पूँजी थपेपछि चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।

यस्तै कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने प्रस्ताव समेत पारित गर्नेछ । संस्थापकले शत प्रतिशत पूँजी थपे पश्चात सर्वसाधारणलाई आईपीओ निष्काशन गरेर कम्पनीले न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन लागेकाे छ ।

comments powered by Disqus