लिटरमै ५० रुपैयाँले घट्यो खाने तेलको भाउ

Sep 18, 2022 05:33 PM Merolagani



खाने तेलको मूल्य ओरोलो लागेको छ । होलसेल व्यापारीहरुका अुनसार एक महिनाको अवधिमा तेलको मूल्य लिटरमै ५० रुपैयाँले घटेको छ । सूर्यमुखी,भटमास र तोरीको तेलको मूल्यमा ठूलो गिरावट आएको टाेखा चेम्बर अफ कमर्शले जनाएको छ ।

बजारमा अमृत, डाइमण्ड लगायतका ब्राण्डका तेलको मूल्य घटेको एक व्यवसायीले बताए । एक महिना अघि प्रतिलिटर २९५ रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य थोकमा २४६ रुपैयाँमा झरेको छ । २८० रुपैयाँ रहेको तोरीको तेलको मूल्य २५० रुपैयाँमा झरेको छ । यस्तै २९३ रुपैयाँ पर्ने भटमासको तेलको मूल्य न्युनतम् २१८ रुपैयाँ समम्मा झरेको छ ।

नेपाल वनस्पति घ्यु तेल उत्पदक संघका अनुसार अन्तरराष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावटका कारण खाने तलेको मूल्यमा उच्च गिरावट देखिन थालेको छ ।

संघका अनुसार जेठयता मात्रै खाने तेलको मूल्य लिटरमा ७० रुपैयाँसम्मले घटेको छ । तेलको मूल्य अन्तराष्ट्रिय बजारमै घटेकाकारण नेपाली बजार पनि घटेको हो ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।