इन्टरनेट कम्पनीको दशैं अफरः शुल्कमा चर्को प्रतिस्पर्धा, कम मूल्यमा धरै ब्यान्डविथदेखि सस्तोमा टिभिसम्म

Sep 20, 2022 01:28 PM Merolagani

पछिल्लो समय मोबाइल ब्रोडव्यान्डको तुलनामा फाइबर इनटरनेट निकै प्रभावकारी बन्दै गएको छ । ठूला ठूला फाइल डाउनलोड तथा अन्य गतिविधि गर्न पनि फाइबर इन्टरनेट नै आवश्यक पर्छ ।

तर,फाइबर इन्टरनेट देशभर पुग्न सकेको छैन । मोबाइल सेवाप्रदायकले गाउँ गाउँसम्म पूर्वाधार तयार गरेर सेवाको पहुँच पुर्याएका छन् तर, इन्टरनेट सेवाप्रदायक भने सहर केन्द्रित मात्रै छ ।

सहरकेन्द्रित मात्रै भएको कारण इन्टरनेट सेवाप्रदायकहरु विच नै अस्वस्थ प्रतिस्पर्धा छ । इन्टरनेट सेवाप्रदायक विच अस्वस्थ प्रतिस्पर्धाको कारण उपभोक्ताले गुणस्तरीय सेवा पाउन नसकेका गुनासो छ ।

अहिले चाडपर्वको समय छ । विभिन्न इन्टरनेट सेवाप्रदायकले उस्तै उस्तै खालका इन्टरनेट प्याकेज र अफर ल्याएका छन । विशेषगरी नेपालका ठूला इनटरनेट सेवाप्रदायक वीच  प्राइस र स्पिड वार नै छ भन्दा परक पर्दैन ।

कस्ता छन अफर ?

वर्ल्डलिङ्क

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कले दशैंको अवसरमा ‘‘वर्ल्डलिङ्क fesTVty’ अफर ल्याएको छ । जसमा ग्राहकले आफ्नो सब्सक्रिप्सनमा तीन फरक–फरक आकर्षक डिल प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार पहिलो प्याकेज ‘फास्ट अफर’ अन्तर्गत १,०५० रुपैयाँ प्रतिमहिना (वार्षिक सदस्यता) मा ग्राहकले डुअल ब्यान्ड राउटर र २०० एमबीपीएस इन्टरनेट सेवा पाउने छ ।

त्यस्तै ‘टु राउटर’ प्याकेज अन्तर्गत १,०५० रुपैयाँ प्रतिमहिना (वार्षिक सदस्यता) मा ग्राहकले नोकिया बेकन १.१ मेस राउटर,डुअल ब्यान्ड राउटर र उच्च गतिको इन्टरेटका साथै उच्च कनेक्सन सहितको २०० एमबीपीएस इन्टरनेट प्राप्त गर्न सक्नेछन् । सबै प्याकेज एकै ठाउँमा प्राप्त गर्नको लागि भने ‘स्मार्ट अफर’ खरिद गर्न सकिन्छ ।

यो प्याकेज अन्तर्गत १,०५० रुपैयाँ प्रतिमहिना (वार्षिक सदस्यता) नोकिया बेकन १.१ मेश राउटर, २०० एमबीपीएसको इन्टरनेट सेवा र साथमा सेटटप बक्सको साथमा मासिक नेटटिभी १५० रुपैयाँमा प्राप्त गर्नेछन् ।


भायानेट

त्यस्तै इन्टरनेट सेवाप्रदायक भायानेटले चाडपर्वलाई लक्षित गर्दै आकर्षक अफर ल्याएको छ । जस अन्तर्गत भायानेटको अल्ट्रा–फाई इन्टरनेट जोड्ने ग्राहकले ‘नोकिया बिकन १.१ मेस’राउटर वा ‘एमआई ४.ए डुअल ब्यान्ड’ राउटर प्राप्त गर्ने भएका छन् ।

भायानेटले मासिक ९ सय ९९ रुपैयाँ प्रति महिनामा अल्ट्रा–फाई २०० एमबीपीएसको इन्टरनेट उपलब्ध गराउँदै आएको छ । तर, यसका लागि ग्राहकले एकै पटक एक वर्षको जडान गर्नुपर्छ ।

यो प्याकेजमा ग्राहकले डुअल ब्यान्ड ओएनयुका साथै नोकियाको बीकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर मध्ये एक छानेर राख्न पाउनेछन् ।

क्लासिक टेक

इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले निम्न वर्गका प्रयोगकर्तालाई लक्षित गर्दै मासिक ७४१ रुपैयाँमै १०० एमबीपीएस गतिको इन्टरनेट प्याकेज ल्याएको हो ।

यो प्याकेजमा आईपीटिभीका लागि मासिक थप १५० रुपैयाँ तिर्नुपर्ने छ । यो अफर अन्तर्गत ग्राहकले ५० प्रतिशत छुटमा भिडिओकनको ३२ इन्च र ४३ इन्चको स्मार्ट टिभी समेत खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

३२ इन्चको एलईडी टिभी यो योजना अन्तर्गत १३ हजार २७३ र ४३ इन्चको स्मार्ट टिभी २५ हजार ६६३ रुपैयाँमा उपलब्ध हुने छ ।

वाई–फाई नेपाल

इन्टरनेट सेवा प्रदायक वाई–फाई नेपालले ३० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क रूपमा ५० एमबीपीएसमा अपग्रेड हुने मौका दिने भएको छ । यसको अर्थ पहिले ३० एमबीपीएस इन्टनेट जडान गरेका ग्राहकले अब उही शुल्कमा ५० एमबीपीएसको इन्टरनेट पाउनेछन् ।

त्यसैगरी ५० एमबीपीएस इन्टरनेट प्रयोग गरिरहेका प्रयोगकर्ताले ३० एमबीपीएसकै शुल्क तिरेर नवीकरण गर्न सक्नेछन् । अब भने वार्षिक ६ हजार २१५ रुपैयाँ तिरेर प्रयोगकर्ताले ५० एमबीपीएसको इन्टरनेट जडान गर्न सक्नेछन् ।

त्यस्तै ८० एमबीपीएस इन्टरनेट आठ हजार ४७५ रुपैयाँमा एक वर्षका लागि जडान गर्न सकिने छ ।

सुबिसु

सुबिसु केबल नेट दशैं तिहारलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै किसिमका प्रयोगकर्तालाई लक्षित स्मार्ट अफर ल्याएको छ ।

‘स्मार्ट डिल’ अफर अन्तर्गत ग्राहकले सुबिसुको कुनै पनि इन्टरनेट प्याकेज खरिदमा १५ हजार ८९८ रुपैयाँमा (भ्याट सहित) ३२ इन्चको स्मार्ट टिभी र १४ हजार ५०० रुपैयाँमा (भ्याट सहित) स्मार्टफोन प्राप्त गर्न सक्नेछन् ।

यसैगरी ‘स्मार्ट सेभिङ’ नामक अफरमा नयाँ ग्राहकले निकै सस्तो मूल्यमा सुबिसु इन्टरनेट प्याकेज प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

अन्तर्गत १०० एमबीपीएस गतिको इन्टरनेट तीन महिनाका लागि चार हजार ९ सय रुपैयाँ (मासिक १६ सय) र १२ महिनाको इन्टरनेट ११ हजार ९ सय रुपैयाँमै (मासिक एक हजार रुपैयाँमा) प्राप्त गर्न सकिनेछ ।

यी बाहेक अन्य सेवाप्रदायकले चाडपर्व लक्षित कुनै योजना सार्वजनिक गरेका छैनन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।