सान्जेन जलविद्युत कम्पनीको आईपीओमा असाेज ३० गतेसम्म आवेदन दिने सकिने

Sep 20, 2022 03:21 PM Merolagani

सान्जेन जलविद्युत कम्पनी लिमिटेड(SJCL) ले भदौ ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा अब असाेज ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रमा बासिन्दाहरुको लागि निष्काशन गरिरहेको शेयर निष्काशन खुला रहने अवधी १५ कार्य दिन थप गरिएको जनाएको छ । यस बीचमा दशैंको विदा पर्ने भएको भएकोले आयोजना प्रभावित स्थानीय वासिन्दाले असाेज ३० गतेसम्म आवेदन दिन सकिनेन् ।

कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ३६ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । सो शेयरमा अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं। ५ चिलिमे, प्रभावित वर्ग आयेजनाले निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित हुने आमाटादिङमो गाउँपालिका वडा नं। ४ गोल्जुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीहरुका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

निष्काशन गरिएको कुल १० प्रतिशत शेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र, सामान्य प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.२५ः३ः१.५ः१ अनुपातमा बाँडफाँट गरिने जनाएको छ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड र एनएमबि क्यापिटल लिमिटेड रहेका छन्। सो आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ७०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

comments powered by Disqus

यो बियरमा शेयर मूल्य ५० रुपैयाँसम्म झर्ला ? अघिल्लो बियरको मूल्यसँग तुलना गर्दा यस्तो देखियो, एनटिसीले बजार फर्काउने

Sep 25, 2022 05:52 PM

सुवास निरौला

गएको बियर ट्रेन्डमा प्रति कित्ता शेयर मूल्य ५० रुपैयाँको हाराहारीमा झरेकाे थियाे। जबकि ती शेयर प्राथमिक बजारमै एक सय रुपैयाँ प्रति कित्ताका दरले निष्कासन भएका थिए। बेस प्राइस भन्दा ५० प्रतिशत छुटमा शेयर पाउँदा समेत तत्कालीन समयमा उक्त मूल्यमा शेयर सहज खरिद बिक्री हुने सहज अवस्था थिएन।