राधी विद्युतको हकप्रद बिक्री खुल्यो, कहिलेसम्म दिने आवेदन?

Sep 21, 2022 07:23 AM Merolagani

राधी विद्युत कम्पनी (RADHI) ले असोज ५ गते बुधबारदेखि हकप्रद शेयर बिक्री खुल्ला गरेको छ। कम्पनीले १ बराबर १.४७५२ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर बिक्री खुल्ला  गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ ५० पैसाको १४७.५२ प्रतिशत अर्थात ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद शेयर बिक्री खुल्ला गरेको छ।

हकप्रद निश्काशनको लागि कम्पनीले भदाै १२ गते शेयरधनी किताब बन्द गरेकोले भदौ १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम कम्पनीका शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

हकप्रद शेयरमा लगानीकर्ताले असाेज २५ गतेसम्म आवेदन दिन सक्नेछन्। हकप्रदमा मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक, सि-आश्वामा संलग्न बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिने छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।