एकैपटक नेप्सेको आठवटा इन्डेक्स लञ्च गर्ने महत्वकाँक्षी योजना,माघमा लञ्च गर्ने टार्गेट,कति संभव छ ?

Sep 22, 2022 11:56 AM merolagani



सुवास निरौला

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतको कमान समाले लगत्तै कृष्णबहादुर कार्कीले दुईवटा लक्ष्य अघि सारेका थिए।

नेपालमा डेरिभेटिभ प्रडक्ट लञ्च गर्ने उनको पहिलो लक्ष्य हो भने अर्को अहिले भइरहेको नेप्से अनलाइन प्रणाली (नट्स) परिवर्तन गर्ने। दुवै लक्ष्य सामान्य छैनन्। तर उनी उक्त लक्ष्य भेट्टाएरै आफू नेप्सेबाट बिदा हुने बताउँछन्।

लक्ष्य अनुसार नै कार्कीले काम समेत अघि बढाइसकेका छन्। जसमा सबैभन्दा पहिले उनी डेरिभेटिभ प्रडक्ट लञ्च गर्ने योजनामा छन्। जसको लागि उनले एक विज्ञ सदस्य समेत नियुक्त गरिसकेका छन्। नियुक्त गरिएका व्यक्तिलाई डेरिभेटिभ प्रडक्टको सम्भावना र डिजाइनमा काम गर्ने टिओआर दिइएको छ। नेप्सेले टिओआर मात्रै दिएको छैन। उसले कुनै पनि हालतमा पुसको अन्तिम वा माघको पहिलो हप्ता नै लञ्च गर्ने गरी काम अघि बढाउन निर्देशन दिएको छ। सोही निर्देशन अनुसार नै काम अघि बढी रहेको नेप्सेले जनाएको छ।

अहिलेसम्मको प्रगति अनुसार नेप्सेले उक्त प्रडक्ट लन्च गर्न भन्दै अन्तर्राष्ट्रिय कम्पनीहरूसँग सहकार्य गर्ने प्रयास गरिरहेको छ। उसले इन्डेक्स बेस प्रडक्टमा ख्याति कमाएका विभिन्न देशका कम्पनीलाई प्रस्ताव गरिसकेको छ। उसले सबैभन्दा पहिलो प्राथमिकता अन्तर्राष्ट्रिय कम्पनी एसएण्डपिलाई राखेको थियो। एसएण्डपि सँग भएका विभिन्न चरणका कुराकानीले अझै सार्थकता पाउन सकेको छैन। नेपालको सानो बजार र त्यसमा पनि डेटा भेन्डर कम्पनीहरूले काम नगरेको अवस्थामा एसएण्डपिले नेपाली बजारमा आउन खासै चासो दिएको छैन। उसको शर्त अनुसारका कम्पनीले नेपालमा काम नगरिसकेको अवस्थाले गर्दा लगभग एसएण्डपि नेपाल नआउने निश्चित जस्तै भइसकेको छ।

पहिलो प्राथमिकतामा राखेको कम्पनी नेपाल आउने सम्भावना कम हुँदै गएपछि नेप्सेले अर्को अन्तर्राष्ट्रिय कम्पनी एफटिएससि रसेलसँग प्रारम्भिक कुराकानी अघि बढाएको जनाएको छ। लन्डन स्टक एक्सचेन्जको सहायक कम्पनीको रुपमा काम गरिरहेको उक्त कम्पनीले युरोपका धेरै बजारमा थुप्रै इन्डेक्स सञ्चालन गर्दै आइरहेको छ।

अर्को तर्फ भारतको नेशनल स्टक एक्सचेन्जसँग पनि नेप्सेले कुरा गरिरहेको छ। तर यी कुनै पनि कम्पनीसँगको कुराकानी ठोस रुपमा अघि बढी सकेको अवस्था भने छैन। तर नेप्सेले निरन्तर रुपमा अन्ताराष्ट्रिय कम्पनीसँग सहकार्य गर्ने प्रयास भने छाडेको छैन।

खासमा नेप्सेले अन्तर्राष्ट्रियस्तरको कम्पनीसँग सहकार्य गर्न खोज्नुको कारण विश्व स्तरीय प्रडक्ट र प्रविधिको लागि हो। अन्तर्राष्ट्रिय कम्पनीहरूसँग सहकार्य गर्न सकियो भने उनीहरूको नाम जोड्न पाइन्छ भन्ने अर्को पक्षबाट नेप्सेले सोचिरहेको हो। किनकि त्यसले विश्व स्तरमै नेप्सेको बेग्लै पहिचान हुन्छ भन्ने पनि छ।

फेरि उक्त प्रडक्ट नेप्सेले नै बनाउन नसक्ने भन्ने पनि छैन। किनकि नेप्सेको अनलाइन ट्रेडिङ सिस्टम नेपालमै बनाएको हो। जुन सिस्टम पहिले नेपालमा बनाउन सकिँदैन भन्ने थियो। तर सम्भव भयो। त्यसले अहिले पनि काम गरिरहेकै छ।  काम गरे पनि जनस्तर र नियामकीय विश्वास भने त्यसले अझै जित्न कसरत गर्नु परिरहेको छ। अहिले त्यही प्रविधि अन्तर्राष्ट्रिय स्तरको हुन्थ्यो भने त्यसले अहिले यति धेरै प्रश्नहरूको सामना गर्नु पर्ने थिएन। त्यही नहोस् भनेर नै नेप्सेले अहिले अन्तर्राष्ट्रिय स्तरमा चलेको कम्पनीसँग सहकार्यको प्रयास गरिरहेको बताएको छ।

तर जनस्तर र नियामकीय तर्फबाट जति सजिलो गरि अन्तर्राष्ट्रिय स्तरका कम्पनी र प्रविधि नेपालमा ल्याउन सकिन्छ भन्ने मान्यतामा कुराकानी हुने गर्छ। त्यति सजिलो गरी अन्तर्राष्ट्रिय कम्पनी र प्रविधि नेपालमा आउन सक्ने अवस्था भने देखिएको छैन। महिनौँदेखि नेप्सेले अन्तर्राष्ट्रिय कम्पनीहरुसँग सहकार्यको लागि गरिएका कुनै पनि प्रयास सफल हुन सकिरहेका छैनन्।

एकातर्फ अन्तराष्ट्रिय कम्पनीहरूसँग गर्न खोजिएको सहकार्यमा सफलता हात नलाग्नु र अर्कोतर्फ नेप्सेले लिएको लक्ष्य नजिकिँदै जाँदा नेप्से स्थानीय स्तरकै विकल्पमा जाने तयारीमा छ। यो अवधिमा अन्तर्राष्ट्रिय कम्पनी आए भने आइहाल्यो। आएन भने दसैँ पछि लोकल टिम बनाएर अघि बढ्ने मोटा मोटी योजना नेप्सेको छ। सोही टिम मार्फत नै नेप्सेले आठ वटा इन्डेक्स लञ्च  गर्ने बताएको छ।   

नेप्सेको अहिलेको योजना अनुसार एउटा बेन्चमार्क इन्डेक्ससहित आठवटा फरक फरक प्रकारको सब इन्डेक्स लञ्च हुने छन्। आठ वटामा सबैभन्दा पहिले एउटा बेन्च मार्क इन्डेक्स हुन्छ। जसको नाम नेप्से ३० वा नेप्से ५० हुन सक्छ। अर्को मार्केट क्याप वाइज लार्ज क्याप,मिड क्याप र स्मल क्याप हुन्छ। त्यसैगरी सेबोनले एसएमइ प्लेटफर्म भनिरहेको अवस्थालाई सम्बोधन गर्न माइक्रो स्मल इन्डेक्स निर्माण हुने छ। अर्को कम्पनीको परफरमेन्सको आधारमा इन्डेक्स बन्ने छ। जस्तै राम्रो प्रतिफल दिने कम्पनीहरूसँग सम्बन्धित हुन्छ। त्यस्तै ठीकै अवस्थाका प्रतिफल दिने कम्पनीहरूलाई आधार बनाएर पनि अर्को इन्डेक्स बन्ने छ।  मार्केटमा निक्कै भोलाटायल रहने स्टकसँग सम्बन्धित इन्डेक्स पनि बन्दैछ।

अहिले तयार गरिएका इन्डेक्स आठवटा छन्। तर दसैँपछि बन्ने लोकल टिमले गर्ने निर्णयको आधारले पनि एकै पटक सबै लन्च गर्ने वा बिस्तारै लन्च गर्दै लैजाने भन्ने निर्णय हुने बताइएको छ। तर जसरी नेप्सेले स्थानीय स्तरमै प्रडक्ट विकास गर्ने भनिरहेको छ त्यसले सार्थकता पाउनेमा भने अहिले नै यसै भन्न सकिने अवस्था भने देखिँदैन।  




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।