ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न महासंघको माग

Sep 21, 2022 06:15 PM Merolagani

नेपाल उद्योग वाणिज्य महासंघले ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न सबै सरोकारवाला समक्ष माग गरेको छ । महासंघले बुधबार एक बिज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।

बैंक वित्तीय संस्थाहरूद्धारा असोज एक देखि लागु हुने गरि ब्याजदरमा भएको वृद्धिप्रति नेपाल महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘यसले कर्जाको ब्याजदर अकासिने हुँदा कोभिड महामारी र त्यसपछि वाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत हुनेतर्पm महासंघ सरकार, केन्द्रिय बैंक र बैंक वित्तीय संस्थाहरूको ध्यानाकर्षण गराउन चाहन्छ,’ बिज्ञप्तिमा भनिएको छ, ‘बढदो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको छ भने उत्पादित सामानको मुल्य अकासिएर आम सर्वसाधारणको जिविका पनि कष्टकर हुँदै गएको छ । ८ प्रतिशत भन्दा माथि पुगिसकेको मुद्रास्फिति दरलाई बैंक वित्तीय संस्थाहरूको यस निर्णयले थप माथि लग्नेछ । अर्थतन्त्र सुंकचित हुँदै जाँदा सरकारको राजस्व संकलन समेत करिब २० प्रतिशतले न्यून हुन गएको छ ।’

संकटको बेलामा जोखिम बाँडेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्ने अहिले अवस्था आएको महासंघको भनाइ छ । ‘विशेषगरी कोभिडका कारण पहिलो बन्दाबन्दीको अवस्थामा बैकिङ क्षेत्रबाट प्राप्त सहयोगको महासंघ प्रशंसा गर्दछ । तर पछिल्लो निर्णयले व्याज दरमा अस्थिरता हुँदा संचालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नयाँ लगानी निरूत्साहित हुनेछ । यस सन्दर्भमा विगतमा ब्याजदर बढदैमा निक्षेप नबढेको उदाहरण पनि स्मरणीय छ,’ बिज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसैपनि अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्रमा ऋणको ब्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउन सक्ने आंकलन गर्न सकिन्छ । त्यसैले अर्थतन्त्रमा नकारात्मक असर मात्र पर्ने ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न महासंघ सम्पूर्ण सबै सरोकारवाला समक्ष माग गर्दछ ।’

 

comments powered by Disqus

यो बियरमा शेयर मूल्य ५० रुपैयाँसम्म झर्ला ? अघिल्लो बियरको मूल्यसँग तुलना गर्दा यस्तो देखियो, एनटिसीले बजार फर्काउने

Sep 25, 2022 05:52 PM

सुवास निरौला

गएको बियर ट्रेन्डमा प्रति कित्ता शेयर मूल्य ५० रुपैयाँको हाराहारीमा झरेकाे थियाे। जबकि ती शेयर प्राथमिक बजारमै एक सय रुपैयाँ प्रति कित्ताका दरले निष्कासन भएका थिए। बेस प्राइस भन्दा ५० प्रतिशत छुटमा शेयर पाउँदा समेत तत्कालीन समयमा उक्त मूल्यमा शेयर सहज खरिद बिक्री हुने सहज अवस्था थिएन।