Mon, Aug 03, 2026
सनराइज म्युचुअल फण्डले इकाईधनीको खातामा लाभांश पठाउन थालेको छ। फण्डले गत वर्षको कमाइबाट कर सहित १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो। सोहि लाभांश बिहीबारदेखि इकाईधनीको खातामा पठाउन थालेको हो।
म्युचुअल फण्डले इकाईधनीहरुलाई कुल १० करोड ३२ लाख रुपैयाँ बराबर लाभांश वितरण गर्ने छ। इकाई धितो राखेर कर्जा लिएका इकाईधनीले धने बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र बुझाएपछि मात्रै उक्त लाभांश पाउ छन्।
साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।