डलरको भाउ रेकर्ड नजिक पुग्यो, कस्ताे पर्छ असर?

Sep 22, 2022 09:45 AM Merolagani



डलरको भाउ निरन्तर बढ्दो क्रममा देखिएको छ। बढ्दो क्रममा रहेको डलरको भाउले बिहीबार पनि बढेर नयाँ उचाइ छोएको छ।

नेपाल राष्ट्र बैंकको अनुसार बिहीबार अमेरिकी डलरको भाउ १२८ रुपैयाँ २७ पैसा पुगेको छ। नेपालीले १ डलर साट्नको लागि १२८ रुपैयाँ ११ पैसा खर्च गर्नु पर्ने भएको छ।

यसअघि डरलको भाउ गत साउन ५ गते हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। सो दिन अमेरिकी डलरको भाउ १२८ रुपैयाँ २९ पैसा पुगेको थियो। अहिले डलरको भाउ पुन सोहि विन्दुमा पुगेको छ।

अहिले अमेरिकि फेडेरल रिजर्भले ब्याज बढाएको कारण पनि डलरको भाउमा असर परेको छ भने ताइवानलाई लिएर अमेरीका र चीन बढेको विवादको कारणले पनि डलरको भाउमा असर परेको छ। पछिल्लो समय भारतीय रुपैयाँ कमजोर भएको छ। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो।

डलरको भाउ महंगिदै जाँदा आयात भने झनै महँगो हुने देखिएको छ भने राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ। डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र फाइदा हुन्छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।