नेपालका सबै पर्यटकीयस्थलको जानकारी दिने ‘ट्राभल नेपाल’ बोर्ड गेम सुरुवातको घोषणा

Sep 22, 2022 05:02 PM MeroLagani



नेपालका सबै पर्यटकीय स्थलहरु भ्रमण गराउने र त्यसको बारेमा जानकारी दिने ‘ट्राभल नेपाल बोर्ड गेम’ को घोषणा गरिएको छ । नेपाल भ्रमण गर्न चाहने विदेशी तथा आन्तरिक पर्यटकहरुलाई लक्षित गरी नेपालमा पहिलोपटक निर्माण गरिएको युनिक गेमको आज घोषणा गरिएको हो ।

खेललाई पुरै नेपाल भ्रमण गर्ने पुस्तक जस्तै बनाएर नेपालका धेरै स्थानको बारेमा जानकारी समावेश गरिएको जानकारी दिइएको हो ।

उक्त खेल कसैलाई मायाको चिनो स्वरुप पनि दिन सकिनेछ । सो खेललाई थप बुझ्नको लागि एकपटक अवश्य पनि खेल्न वेव कम्पनी वर्ज पोर्टल आइटीले आग्रह गरेको छ ।

नेपाल भ्रमण गर्न आउने पर्यटकहरुलाई नेपालमा के के क्रियाकलापहरु गर्न सकिन्छ, कता–कता घुम्न सकिन्छ, के के खान पाइन्छ जस्ता विभिन्न जानकारीमूलक क्रियाकलापयुक्त खेल भएकोले भ्रमणको लागि धेरै उपयोगी हुने फाउण्डर सन्जिब वज्र शाक्यले बताए । यसको अलावा खेल गैरनेपाली तथा पर्यटकहरुको लागि पनि विशेष चाखलाग्दो हुने उनको भनाइ थियो ।

"वज्र पोर्टलले पहिलोपटक धेरै रोचक गेम जारी गरेको हो । जहाँ आफ्ना परिवार तथा साथीभाइहरुसँग मिलेर नेपालभर घुम्न सकिन्छ । कम्पनीले नेपालको सबैभन्दा रमाइलो यात्राको साथै गुणस्तरीय समय बिताउन सकिन्छ," उनले भने, “मेचीदेखि महाकाली, तराईदेखि पहाडसम्म सबै स्थानलाई समावेश गरेका छौं र, यो भर्चुअल जर्नी जस्तो पनि हुनेछ । यसले नेपालको धेरै ठाउँको बारेमा सूचना दिनेछ । युनिक भनेको यसमा सामान्य गेम हुँदाहुँदै पनि सिंगो नेपाललाई समावेश गर्न सकेका छौं । यसबाट भर्चुअल थु्रको एक्सपेरियन्स गर्न सकिन्छ ।”




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।