राष्ट्र बैंकले तयार गर्यो अन्तिम ऋणदाता सुविधाको मस्यौदा, १ वर्षसम्मकाे लागि लिन पाइने, कस्तो अवस्थामा लिन पाइन्छ?

Sep 23, 2022 08:38 AM Merolagani



नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधाको लागि मस्यौदा तयार गरेको छ। केन्द्रिय बैंकले तयार गरेको उक्त मस्यौदामा बैंक तथा वित्तीय संस्थाले अधिकतम १ वर्षसम्मको आगि ऋणदाता सुविधा लिन पाउने व्यवस्था गरेको छ।

बैंक वा वित्तीय संस्थाले अन्तरबैंक बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोवार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसक्ने अवस्था भएमा अन्तिम ऋणदाता सुविधा लिन पाइने व्यवस्था गरेको छ।

इजाजतपत्रप्राप्त संस्थाको संचालक समितिले बैंक वा वित्तीय संस्था पुनरुत्थान गर्न पेश गरेको कार्ययोजना तथा इजाजतपत्रप्राप्त संस्था दीर्घकालमा सहज ढंगले संचालन हुनसक्ने विषयमा राष्ट्र बैंक विश्वस्त भएमामात्र इजाजतपत्रप्राप्त संस्था अन्तिम ऋणदाता सुविधाको लागि योग्य मानिने छन् ।

इजाजतपत्रप्राप्त संस्थाले अन्तरबैंक बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोवार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसकी तत्कालको दायित्व पुरा गर्न असमर्थ भई प्रणालीगत जोखिम सिर्जना हुने र बैंकिंग प्रणाली प्रति सर्वसाधारणको विश्वसनियतामा कमी आउन सक्ने जोखिम देखिएमा अन्तिम ऋणदाताको रुपमा राष्ट्र बैंकले आवश्यक ऋण प्रदान गरी वित्तीय स्थायित्व कायम गर्नु यो विनियमावलीको उद्देश्य रहेको छ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षका मौद्रिक नीतिमा नै बैंक तथा वित्तीय संस्थालाई अन्तिम ऋणदाता सुविधा उपलब्ध गराउने बताएको थियो। सोहि अनुसार अन्तिम ऋणदाता सुविधाको मस्यौदा तयार गरी सरोकारवालाहरुसँग सुझाव मागको हो।





राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।