Sun, Jun 28, 2026
नेपाल इन्फ्रास्टक्चर बैंकले शेयरधनीहरुलाई ४ प्रतिशत मात्रै लाभांश वितरण गर्ने भएको छ। बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई कर सहित चुक्ता पूँजीको ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ। यसअनुसार बैंकले ९० करोड ९४ लाख रुपैयाँ बराबरको लाभांश शेयर धनीलाई वितरण गर्ने छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयर धनीले पाउनेछन्।
हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ। यसअनुसार बैंकले ९० करोड ९४ लाख रुपैयाँ बराबरको लाभांश शेयर धनीलाई वितरण गर्ने छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयर धनीले पाउनेछन्।
एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।