बीमा समितिको आईआरएमआइएस सेवा अवरुद्ध

Sep 25, 2022 02:41 PM Merolagani

बीमा समितिको रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आईआरएमआइएस) को सेवा अवरूद्ध भएको छ । आज आइतबार दिउँसो २ बजेदेखि सेवा अवरूद्ध भएको हो ।

समितिका अनुसार उक्त सेवा भोली असोज १० गतेसम्म सेवा अवरूद्ध हुनेछ । समितिले आईआरएमआइएस सिस्टमका साथै एजेन्ट तथा सर्भेयरको दर्ता तथा नवीकरण सेवा पनि अवरूद्ध भएको जनाएको छ ।

समितिले समग्र बीमा क्षेत्रलाई प्रविधिमैत्री र बीमा क्षेत्रको सबै काम अनलाइन प्रणालीबाट गर्ने उद्देश्यले नयाँ सफ्टवेयर आईआरएमआइएसको व्यवस्था गरेको थियो ।

उक्त सिस्टमबाट समितिले अन्तरिक तथ्यांक व्यवस्थापनमा र बीमकहरुबाट प्राप्त हुने विभिन्न प्रकृतिका तथ्याङ्कहरूको व्यवस्थापन गर्दै आएको छ । आईआरएमआइएस सफ्वयर मार्फत कानुन सम्बन्धी,उजुरी सम्बन्धी,नीति विश्लेषण सम्बन्धी र दाबी तथा सम्पत्ती शुद्धिकरण सम्बन्धी विवरणहरु प्राप्त गर्न सकिनेछ ।

बीमालेख तथा बीमांकी सम्बन्धी,अण्डरराइटिङ सम्बन्धी वित्तीय लेखा परिक्षण सम्बन्धी,सूचना प्रविधि सम्बन्धी विवरणहरु पनि प्राप्त गर्न सकिने व्यवस्था छ ।

स्थलगत सुपरीवेक्षण सम्बन्धी,गैरस्थलगत सुपरीवेक्षण सम्बन्धी, कृषि तथा लघु बीमा सम्बन्धी,पुनर्बीमा सम्बन्धी विवरणहरु,इजाजत सम्बन्धी,बीमा अभिकर्ता र सर्भेयर सम्बन्धी, व्यवस्थापन सूचना प्रणाली सम्बन्धी विवरणहरु समेत प्राप्त गर्न सकिनेछ ।

बीमा कम्पनीहरुले समितिमा पठाउनु पर्ने तथ्याङ्क उपलब्ध गर्ने कार्य कठिनाई रहेको हुँदा समग्र बीमा व्यवसायको तथ्याङ्क व्यवस्थापन गर्न र समितिमा सेवा लिन आउने सेवाग्राहीका कामलाई समेत समयमै छोटो छरितो रुपमा सम्पन्न गर्नका लागि नयाँ सफ्टवेयर जडान गरिएको थियो ।

comments powered by Disqus