बढेन बैंकहरुको निक्षेपको ब्याजदर

Oct 17, 2022 06:18 AM Merolagani

वाणिज्य बैंकहरुले कात्तिक महिनामा पनि असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। कात्तिक महिनाको लागि प्रकाशित नयाँ ब्याजदर सूचना अनुसार बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छैनन्।

अधिकांश बैंकहरुको अधिकतम ब्याजदर १२.१३ प्रतिशत रहेको छ। बैंकहरुले गत महिना ब्याजदर वृद्धि गरी व्यक्तिगत मुद्दति निक्षेपमा सो दरमा ब्याज दिँदै आएका थिए। यद्यपि, रेमिट्यान्स मुद्दति खातामा भने १४–१५ प्रतिशतभन्दा बढीसम्म ब्याजदर दिइएको छ।

हरेक महिना बैठक बसेर ब्याजदरसम्बन्धि निर्णय गर्दै आएका बैंकहरुले, यस महिना भने बैठक नबसी अनौपचारिक रुपमा निक्षेपको ब्याजदर नबढाउने सहमति गरेका थिए। सोही अनुसार बैंकहरुले ब्याजदर स्थिर राखेको देखिन्छ। ब्याजदर बढाउदा लागत मात्रै धेरै बढ्ने हुँदा अहिले बैंकरहरुले निक्षेपको ब्याजदर नबढाउने निश्कर्ष निकालेका हुन्।

ब्याजदर घटाउनको लागि अर्थमन्त्रीले गठन गरेको समितिले भने ब्याजदर निर्धारण बजारलाई नै छोड्नुपर्ने सुझाव दिएको छ। समितिले तत्काल ब्याजदर घटाउन कुनै सुझाव नदिएकोले पनि अहिले ब्याजदरलाई यथावत राख्ने निश्कर्षमा बैंकरहरु पुगेका हुन्।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।