महासंघले आज गभर्नर भेट्दै,आजको भेटमा सोलुसन ननिक्लिए आइतबारबाट देशैभर आन्दोलन गर्ने महासंघको चेतावनी

Oct 21, 2022 01:06 PM Merolagani



उद्योग वाणिज्य महासंघका प्रतिनिधि शुक्रवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट्न जाँदै छन्। बिहीबार अर्थ मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा उद्योगी र सरकारबीच चर्का चर्की परेपछि आज महासंघ प्रतिनिधिबीच गभर्नरलाई भेट्न जान लागेका हुन्।

“हिजो अर्थ मन्त्रालयले आयोजना गरेको कार्यक्रममा हामीले जसरी पनि ब्याजदर र वर्किङ क्यापिटलको विषय सम्बोधन हुनु पर्छ भने कुरा राखेका थियौ। तर सरकार र राष्ट्र बैंक भने उक्त विषयमा पोजेटिभ देखिएन। छलफलमा सरकार र व्यवसायीबीच चर्का चर्की नै पर्‍यो। यस्तो अवस्थामा समेत केही गर्न सकिन्न भन्ने जबाफ आएपछि हामीले चुप लागेर बस्न सक्ने अवस्था छैन” नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले मेरो लगानीसँग भने।

बिहीबारको छलफलमा अर्थमन्त्री जनार्दन शर्मा सरकारका मुख्यसचिव शंकरदास वैरागी, राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थिति थियो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष क्लेशकुमार अग्रवाल, नेपाल उद्योग परिसंघका प्रतिनिधिलगायतले पनि उपस्थिति जनाएका थिए। खासगरी बिहीबार अर्थ मन्त्रालयले मुलुकको आर्थिक अवस्था, बैंकको ब्याजदर र वित्तीय लागत न्यूनीकरणलगायतका विषयमा प्राप्त सुझाव कार्यान्वयनका सम्बन्धमा छलफलको आयोजना गरेको थियो।

सोही कार्यक्रममा व्यवसायी र सरकारबीच बहस चर्किँदै गएपछि शुक्रवार गभर्नरसँग बसेर कुरा गर्ने भन्ने भएपछि उक्त चर्का चर्की साम्य भएको श्रेष्ठको भनाइ छ। सोही कार्य तालिका अनुसार आज गर्भनरलाई भेट्ने कार्यक्रम रहेको श्रेष्ठले बताए। श्रेष्ठका अनुसार सरकार र राष्ट्र बैंकको तर्फबाट हामीले राखेको मागमा केही गर्न सकिन्न। जे गर्छौ गर भन्ने खालको अभिव्यक्ति आइरहेको अबस्थामा आज अर्थपूर्ण वार्ता भएन भने व्यवसायीसँग दबाबमूलक कार्यक्रम गर्नु बाहेक विकल्प हुँदैन।

“शुक्रवार रुपन्देहीमा बढेको ब्याजदरको विषयलाइ लिएर व्यवसायीले नाराबाजी र जुलुस निकालेका छन्। मुलुकको सबै क्षेत्रमा असन्तुष्टी बढ्दै गइरहेको छ। सरकारले यसलाई नजरअन्दाज गरिरहेको छ। हामी यसको समाधान खोजिरहेका छौ। सरकार चाहिँ यसलाई अझै चर्काउन खोजिरहेको छ। सरकारले अलिकति डाङ् डुङ् होस् अनि मात्रै हेरौला भन्न खोजेको हो कि थाहा छैन। व्यवसायीहरूको संयमता टुट्नु भन्दा अगाडि नै केही होस् भन्ने चाहनाले गर्दा मात्रै हामीले पर्खिएको हो। हेरौँ आजको बैठकमा गभर्नरले के भन्नु हुन्छ। हामीले गलत कुरा गरी राखेका छैनौ। अहिलेको असहज परिस्थितिमा बैकहरुले ८ प्रतिशतसम्म प्रिमियम बढाएका छन्। चालु पूँजी कर्जाको सबै पैसा अहिले आएर तिर्नु पर्‍यो भन्नु कतिसम्म जायज हुन्छ र त्यसैको समाधान हामीले खोजेको हो। आज सकारात्मक जबाफ आएन भने देशभरका जिल्ला नगर र बस्तुगत संघहरुसित छलफल गरेर कार्यक्रम तय गर्छौ। जे होस् आइतबार नै केही कार्यक्रमको सुरुवात भने हुन्छ” श्रेष्ठले भने।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।