सनराइज बैंक लिमिटेडको कम्पनी विश्लेषण

Oct 22, 2022 06:01 PM Merolagani

यस साता दुई उपसमूहको परिसूचक मात्र बढेका छन्। जसमध्ये एक हो बैंकिङ्ग उपसमूह। गत साता १३०८.२९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १.८८ अंक बढेर १३१०.१७ विन्दुमा पुगेको छ।

यसैमध्येको एक कम्पनी हो, सनराइज बैंक (SRBL)।

यस साता बैंकको शेयरमूल्य २ रुपैयाँ ९० पैसा बढेको थियो। गत साताको अन्तिम कारोबार दिन १९८ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको यस बैंकको शेयर, यस साताको बिहीबार २०१ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। यस अनुसार आगामी दिनमा बैंकको शेयरमूल्य उकालो लागेमा २४० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा १६०० रुपैयाँमा टेवा पाउने देखिन्छ।

साताको पहिलो कारोबार दिन बैंकको ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथि लागेको थियो। यो गोल्डेन क्रशओभर हो। यसले बैंकको शेयरमूल्य बढ्ने संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन ५ दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन बैंकको शेयरमूल्यले छोटो पुच्छर भएको हरियो मैनबत्ती बनाएको छ। यसले सो दिन कारोबार अवधिमा बैंकको शेयरमूल्य ओरालो लागेपनि अन्तिम समयमा भने बढेर बन्द भएको संकेत गर्दछ।

यस साता शेयरमूल्य बढेपनि बैंकको भोल्युम भने कमजोर देखिएको छ। यस साता बैंकको दैनिक औषतमा १४ हजार १२१ कित्ता शेयर खरिदबिक्री भएको छ। यससँगै बैंकको २० दिने औषत भोल्यूम १६ हजार ९१० कित्ता रहेको छ। बैंकको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १६.४९ प्रतिशत कम हो।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब १५ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.६९ प्रतिशत बढी हो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेसँगै गैर सञ्चालन खर्च घटेका कारण बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.९७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ३.४१ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २१.५६ प्रतिशत र सञ्चालन मुनाफा १९.९० प्रतिशत बढेको छ। इम्पेरमेन्ट चार्ज बढेसँगै सञ्चालन मुनाफामा केही दबाब परेको हो। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २५ करोड ६१ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ६.६५ प्रतिशत बढेको छ भने जगेडा कोष २५.०८ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप २३.६५ प्रतिशत र कर्जा १९.५६ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ १ पैसा बढेर २१ रुपैयाँ २६ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ २९ पैसा रहेको छ। यस साताको अन्तिम मूल्यका आधारमा बैंकको मूल्य आम्दानी अनुपात ९.४९ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु १.२२ गुणा रहेको छ।

साताको अन्तिम कारोबार दिन बैंकको आरएसआई ५३.६९ स्केल अर्थात न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा बैंकको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अन्य उपकरणहरुमा बैंकको शेयरमूल्य मिश्रीत रहेको देखिन्छ।

हाल नेप्सेमा बैंकको १० करोड ११ लाख ८८ हजार ९२८.०९ कित्ता शेयर सूचीकृत छ। बैंकको १८० दिने औषत मूल्य २११ रुपैयाँ २० पैसा रहेको छ। बैंकको ५२ हप्ताको उच्च मूल्य ३२२ रुपैयाँ रहेको छ भने न्यून मूल्य १८९ रुपैयाँ ४० पैसा रहेको छ। गत बिहीबारको अन्तिम कारोबार मूल्य अनुसार बैंकको कुल बजार पूँजीकरण २० अर्ब ४० करोड ९८ लाख ६ हजार ७९५ रुपैयाँ ७५ पैसा रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा बैंक अहिले एक्सट्रीम फियर जोनबाट विस्तारै फियर जोनमा आइरहेको देखिन्छ। यसले लगानीकर्तामा शेयरमूल्य अझ घट्न भन्ने डर विस्तार कम हुँदै गएको संकेत गर्दछ।

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।