समितिले यस अघिकै लोगोलाई यथावत राखेर नाम मात्रै परिवर्तन गरेको छ । बीमा समितिको ठाँउमा नेपाल बीमा प्राधिकरण राखिएको छ ।
राष्टपति विद्यादेवी भण्डारीबाट असोज २३ गते बीमा ऐन २०७९ स्वीकृतभएकाे थियो । राष्ट्रिपतिले स्वीकृत गरेको ३१ दिन भित्र ऐन लागू हुने व्यवस्था छ ।
त्यस अनुसार बीमा ऐन २०७९ भोलि कार्तिक २२ गते देखि लागू हुनेछ ।