सानिमा ग्रोथ फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन

Nov 16, 2022 09:43 AM Merolagani



सानिमा क्यापिटलले कात्तिक १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सानिमा ग्रोथ फण्डको इकाईका लागि आवेदन दिने आज (कात्तिक ३० गते) अन्तिम दिन रहेको छ। सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो बन्दमुखि योजनामा आज बैंकिङ्ग अवधिसम्म आवेदन दिन सकिनेछ।

सो योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको १२ करोड इकाई निष्काशन गरेको हो जसमध्ये न्यूनतम १ करोड ५६ लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १३ प्रतिशत इकाई कोष प्रबद्र्धक सानिमा बैंकलाई सुरक्षित गरिएको छ भन २ प्रतिशत अर्थात २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ। लगानीकर्ताले बाँकी १० करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

सो कोषको इकाईका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।