नबिल फ्लेक्सी क्याप फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन

Nov 23, 2022 06:37 AM Merolagani



नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले कात्तिक २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको खुलामुखी म्युचुअल फण्डमा आवेदन दिने आज (मंसिर ७ गते) अन्तिम दिन रहेको छ। नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्डको इकाईका लागि आज बैंकिङ्ग अवधिसम्ममा आवेदन दिन सकिनेछ।

 सो योजना अन्तर्गत क्यापिटलले बिक्री गर्न लागेको प्रतिइकाई १० रुपैयाँ दरको ७ करोड इकाईमध्ये न्यूनतम १ करोड १२ लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक र योजना व्यवस्थापकका लागि छुट्याइएको छ। जसमध्ये कोष प्रबद्र्धकलाई १४ प्रतिशत र योजना व्यवस्थापकलाई रहेको छ। कम्पनीले बाँकी रहेको ६ करोड ३७ लाख ५० हजार इकाई निष्काशन गर्नेछ। सोमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई निष्काशन गरेको हो।

लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ७५ लाख इकाईका लागि आवेदन दिन सकिनेछ।

सो फण्डको इकाईका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।




एकपछि अर्काे राजीनामा, गोल्छा र अग्रवाल पछि नेपाल पुनर्बीमाका पौडेलले दिए राजीनामा

Apr 07, 2026 03:12 PM

विवादास्पद व्यवसायी दीपक भट्टलाई हिरासतमा लिएर सम्पत्ति शुद्धीकरण मुद्दामा कारवाही चलाएपछि उनीसँग जोडिएका धेरै कम्पनीका सञ्चालकहरुले राजीनामा दिएका छन् ।