सिभिल बैंकको कारोबार फुकुवा

Nov 23, 2022 09:58 AM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिभिल बैंक लिमिटेड (CBL) को कारोबार फुकुवा भएको छ। नेप्सेले बैंकका आधारभूत शेयरधनी बाहेकको शेयरधनीको शेयर कारोबार फुकुवा गरेको हो।

बैंकले गत असार २९ गते हिमालयन बैंकसँग गाभ्ने सहमति गरेको थियो। सो सहमति भएसँगै नेप्सेले असार ३० गतेदेखि बैंकको शेयर कारोबार रोक्का गरेको थियो।

हिमालयनले ८१ प्रतिशत स्वाप रेसियोमा सिभिललाई गाभ्ने सहमति भएको हो।

प्रारम्भिक सहमति अनुसार नयाँ बन्ने बैंकको नाम हिमालयन बैंक नै रहने छ भने प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका सिइओ अशोक राणा नै रहने छन्। नयाँ बन्ने बैंकको सञ्चालक समितिमा सिभिलका कुनै पनि सञ्चालन रहने छैनन्। सिभिल बैंकका हालका सिइओ नयाँ बैंकको डेपुटी सिइओ हुनेछन् भने कर्मचारी बराबरी हैसियतमा समायोजन हुनेछन्।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।