पाँच कम्पनीलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति, कुन कम्पनीको कति?

Nov 24, 2022 04:54 PM Merolagani



नेपाल धितोपत्र बोर्डले ५ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले एशियन हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, माया खोला हाइड्रोपावर र शुभम पावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।

 

कुन कम्पनीकाे कति?

एशियन हाइड्रोपावरले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीले उक्त शेयर आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि निष्काशन हुनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

सुपरमाई हाइड्रोपावरले पनि आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

सुपर मादी हाइड्रोपावरले ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि उक्त शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

माया खोला हाइड्रोपावरले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीले पनि उक्त शेयर आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

यस्तै शुभम पावरले ५ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको शेयर निष्काशन गर्न अनुमति पाएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।