Thu, Mar 26, 2026
धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे विजयी भएका छन् ।
उनले ३५ हजार ९३४ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिसपर्धि नेकपा एमालेका भुमि त्रिपाठीले २७ हजार ९५३ मत ल्याएका छन्।
पाण्डे एमालेका भूमिप्रसाद त्रिपाठीभन्दा ७ हजार ९८१ मतान्तरले निर्वाचित भएका हुन।
राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।