बैंक अफ काठमाण्डूको शेयरमूल्य समायोजन

Nov 25, 2022 08:24 AM Merolagani



मंसिर ९ गते शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बैंक अफ काठमाण्डू (BOKL) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन बैंकको ६ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य २१४ रुपैयाँ २५ पैसा कायम गरिएको छ। नेप्सेले अघिल्लो कारोबारको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात असार १ गते बैंकको शेयर प्रतिकित्ता २२७ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो।

ग्लोबल आइएमई बैंकसँग मर्जर प्रक्रियामा रहेका कारण असार २ गतेदेखि बैंकको शेयर कारोबार दोस्रो बजारमा रोक्का गरिएको छ।

बैंकले मंसिर २३ गते शुक्रबार २८ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुडिखेल, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १४.९५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै, सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा गाभिने सम्बन्धी अन्तिम सम्झौता पत्र स्वीकृत गर्ने, मर्जर सम्बन्धी अन्य आवश्यक कार्य पुरा गरी अन्तिम स्वीकृती प्रदान गर्ने, १ बराबर १ को शेयर स्वाप रेशिया स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।