माछापुच्छ्रे बैंकले यस वर्ष लाभांश वितरण नगर्ने

Dec 16, 2022 02:01 PM Merolagani



माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ।

बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश प्रदान नगर्ने निर्णय गरेको हो।

सोही निर्णय अनुसार बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतीको लागि पठाएको छ।