सूर्यज्योतिले लाभांश वितरण नगर्ने

Mar 16, 2023 10:06 AM Merolagani



सूर्यज्योति लाइफ इन्स्योरेन्स (SJLIC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

चैत १ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले साविक सूर्या लाइफ इन्स्योरेन्स र साविक ज्योति लाइफ इन्स्योरेन्सको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा दुबै कम्पनीमा वितरणयोग्य मुनाफा भएपनि हाल लाभांश वितरण नगर्ने निर्णय गरेको छ। सो मुनाफाबाट जगेडा कोषमा राखिने इन्स्योरेन्सले जनाएको छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।