विमानस्थल हुँदै विदेशबाट नेपाल फर्कँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको समस्याबारे तत्काल छानबिन प्रक्रिया समेत अघि बढाउने तयारी भएको हो ।
यस अघि विदेशबाट एउटा भन्दा बढी फोन ल्याउन नपाइने व्यवस्था बनाइएपछि चौतर्फी बिरोध भएको थियो । सर्वसाधारणको विरोधपछि प्रधानमन्त्री दाहालले भन्सारबाट मोबाइल रोक्ने प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो । सो निर्देशन कार्यान्वयनमा नआएपछि पुनः मंगलबार सम्बन्धित निकायलाई निर्देशन दिएका हुन ।
प्रधानमन्त्रीको निर्देशनपछि पनि विमानस्थलका कर्मचारीले विदेशबाट फर्किदा ल्याएको मोबाइल नियन्त्रणमा लिएको घटना बहिरिएको थियो ।