एलिट क्यापिटलको अध्यक्षमा दिनेश आचार्य

Jan 07, 2023 06:49 AM MeroLagani



एलिट क्यापिटल लिमिटेडको प्रथम साधारणसभा शुक्रबार सम्पन्न भएको छ । शुक्रबार शंकर होटल लाजिम्पाटमा भएको साधारणसभाले नयाँ संचालक समिती समेत निर्बिरोध चयन गरेको छ ।

नवनिर्वाचित संचालक समितिमा अध्यक्ष दिनेश आचार्य , संचालकहरु बोध प्रसाद त्रिपाठी, राजन लम्साल र कुमार पौडेल निर्विरोध निर्वाचित भएका हुन ।

गत बर्ष स्थापना भएको सो सस्था सेयर बजारका सकृय लगानिकर्ताहरुको सहकार्यमा गैरआवासिय नेपालीहरुको लगानीमा संचालित छ।

मर्चेन्ट बैकरको रुपमा कारोबार शुरु गर्ने तयारी गरिरहेको सो क्यापिटललाई नेपाल धितोपत्र बोर्डले संचालनका लागि सैधान्तिक सहमती (एलओआई) दिइसकेको छ ।

सो क्यापिटलले लगानी ब्यवस्थापन, कर्पोरेट एडभाईजरी, अन्डरराईटिङ र डिपी खाता संचालन सेवा प्रदान गर्ने तयारी गरिरहेको छ । 

बाणिज्य बैंकहरुको मर्जरका कारण पछिल्लो समय आधा दर्जन बढी मर्चेन्ट बैंकर घटिसकेको छ । सिभिल क्यापिटल, सेन्चुरी क्यापिटल, एनबी क्यापिटल, बिओके क्यापिटल, जनता क्यापिटल, समृद्दी क्यापिटल, कृति क्यापिटल र मेगा क्यापिटल मर्जर भएर खारेजीमा गैसकेका छन।

मर्चेन्ट बैंकरको सङ्ख्या घटिरहेको बेला सेयर मार्केटका चर्चित लगानीकर्ताहरुको पहलमा स्थापित यस सस्थाले बजारमा नयाँ योगदान दिने कुरामा बिश्वास गर्न सकिन्छ ।




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।