मेगा क्यापिटल मार्केट्सकाे नयाँ मेगा इनस्याेर्ड पाेर्टफाेलियाे सेवा सञ्चालनमा

Jan 13, 2023 05:28 PM Merolagani



मेगा क्यापिटल मार्केट्स लिमिटेड(MegaCapitalMarkets)ले लगानी व्यवस्थापन सेवा (Portfolio Management Service (PMS)) अन्तर्गत ग्राहकलाई उचित प्रतिफलका साथै दुर्घटना तथा स्वास्थ्यमा परि आउन सक्ने जोखिम खर्चलाई सहजता प्रदान गर्ने बीमा आवद्भ गरी नयाँ मेगा इनस्याेर्ड पाेर्टफाेलियाे सेवा सञ्चालनमा ल्याएको छ ।

यस नयाँ सेवाले ग्राहकलाई दुर्घटना तथा स्वास्थ्य अनुकुल नहुनाले अस्पताल भर्नाको आकस्मिक खर्चबाट सुरक्षा प्रदान गर्नुका साथै शेयर बजारमा हुने लागानीको जोखिमलाई समेत न्यूनीकरण गरी उचित प्रतिफल प्रदान गर्नेमा केन्द्रित रहने छ । सवल तथा सुरक्षित भविष्यका लागि गरिने लगानीमा आकस्मिक पर्न आउने स्वास्थ्य समस्याले तय गरिएको रणनीति तथा योजनामा धक्का पार्ने हुनाले यसता प्रकारको आइ पर्ने खर्चलाई बीमाद्वारा सुरक्षित गरेमा ढुक्कको साथ भविष्यका लागि लगानी रकम थप वृद्घि गरी अझै उज्जवल तथा समृद्घ भविष्य परिकल्पना गर्न सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।

लगानीको आकर वमोजिम बीमाको सुरक्षा रकम निर्धारण गरिएको र सो रकमलाई दुर्घटना बीमा तथा स्वास्थ्य बीमा अनर्गत अस्पताल भर्ना खर्च बीमा रकममा बराबर अनुपातमा विभाजन गरिएको छ ।

उक्त सेवा न्यूनतम ३ लाख नगदबाट वा आफुसंग भएको उक्त रकम बराबारको शेयर दिएर समेत प्रारम्भ गर्न सकिने छ ।




comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।