बैंक तथा वित्तीय संस्थाहरूले घटाए ब्याजदर

Jan 14, 2023 06:40 AM Merolagani



बैंक तथा वित्तीय संस्थाहरुले माघ महिनाका लागि ब्याजदर घटाएका छन्। पुसको अन्तिम दिन बैंकहरुले प्रकाशित गरेको ब्याजदर सूचनामा यस्तो देखिएको हो।

वाणिज्य बैंकहरुले ब्याजदर घटाएर ११ प्रतिशतमा झारेका छन्। मंसिर महिनादेििख व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज प्रदान गरिरहेका वाणिज्य बैंकहरुले त्यस्तो निक्षेपमा अधिकतममा ११ प्रतिशत ब्याज दिने भएका छन्।

गत बुधबार बसेको नेपाल बैंकर्स संघको बैठकले माघ महिनाका लागि ब्याजदर घटाउने निर्णय गरेको थियो। सोही भद्र सहमति अनुसार यस दिन बैंकहरुले ब्याजदर घटाएर सूचना प्रकाशित गरेका हुन्।

अहिले बैंकहरुमा तरलता सहज हुँदै गएको र ब्याजदर घटाउन अर्थमन्त्रालयदेखि व्यवसायीसम्मको दबाब बढेका कारण बैंकहरुले ब्याजदर घटाउने निर्णय गरेको बताइएको थियो।

वाणिज्य बैंकसँग विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि ब्याजदर घटाएका छन्। पुस महिनामा नै ब्याजदर घटाएर १३ प्रतिशतबाट १२.८५ प्रतिशतमा झारेका विकास बैंकहरुमध्ये अधिकांशले अधिकतममा १२ प्रतिशत ब्याजदर प्रदान गर्ने भएका छन्। त्यसैगरी, साढे १३ प्रतिशत ब्याजदर दिँदै आएका फाइनान्स कम्पनीहरुले पनि ब्याजदर केही घटाएका छन्।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।