व्यवसायसँगै नाफा बढाउन सफल आरएसडिसी लघुवित्त, ईपीएस कति?

Jan 19, 2023 08:47 AM Merolagani



आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तले गत आर्थिक वर्षको तुलनामा व्यवसाय र नाफा दुबै बढाउन सफल भएको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले ७ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.३४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ५८ लाख रुपैयाँ रहेको छ।

खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५६.३४ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ५२.४४ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ६२.८९ प्रतिशत बढेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ७ रुपैयाँ ५८ पैसा बढेर १९ रुपैयाँ ७३ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३०.९७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ४५ पैसा रहेको छ।

पछिल्लो ६ महिनामा लघुवित्तको चुक्ता पूँजीमा कुनै परिवर्तन भएको छैन भने जगेडा कोष १०८.५३ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको सापटी २४.०३ प्रतिशत बढेको छ भने कर्जा २२.०६ प्रतिशत बढेको छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।