व्यवसायसँगै नाफा बढाउन सफल आरएसडिसी लघुवित्त, ईपीएस कति?

Jan 19, 2023 08:47 AM Merolagani



आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तले गत आर्थिक वर्षको तुलनामा व्यवसाय र नाफा दुबै बढाउन सफल भएको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले ७ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.३४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ५८ लाख रुपैयाँ रहेको छ।

खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५६.३४ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ५२.४४ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ६२.८९ प्रतिशत बढेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ७ रुपैयाँ ५८ पैसा बढेर १९ रुपैयाँ ७३ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३०.९७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ४५ पैसा रहेको छ।

पछिल्लो ६ महिनामा लघुवित्तको चुक्ता पूँजीमा कुनै परिवर्तन भएको छैन भने जगेडा कोष १०८.५३ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको सापटी २४.०३ प्रतिशत बढेको छ भने कर्जा २२.०६ प्रतिशत बढेको छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।