प्रि ओपन सेसन अपडेटः करिब ६ अंक बढ्यो नेप्से

Jan 23, 2023 10:53 AM Merolagani

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ६ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५.७१ अंक बढेर २१७८.८१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.९६ अंक बढेर २१८४.७७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७० अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा २९ स्टकको २८ लाख ७२ हजार १०९ रुपैयाँ ८० पैसा बराबरको ७ हजार ६९८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने ९ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने तयारीमा राष्ट्र बैंक, शेयर बजारलाई कस्ने नीति खुकुलो पार्ने संकेत

Jan 27, 2023 11:18 AM

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गरिरहेको छ । फागुनको पहिलो सातासम्म मौद्रिक नीतिको समिक्षा गर्ने गरी राष्ट्र बैंकले सरोकारवालाहरुसँग समेत छलफल गर्ने भएको छ ।