९१ दिन अवधिको ट्रेजरी विल्सको दर पनि एकल अंकमा झर्यो, आन्तरिक ऋणमा सरकारलाई ब्याजभार घट्दै

Jan 23, 2023 05:19 PM Merolagani



सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने ९१ दिन अवधिको ट्रेजरी विल्सको दर पनि एकल अंकमा झरेको छ।

सोमबार नेपाल राष्ट्र बैंकले जारी गरेको ९१ दिन अवधिको ट्रेजरी विल्सको दर ९.८१ प्रतिशतमा झरेको छ।

यसअघि गत माघ ३ गते जारी गरेको ९१ दिन अवधिको ट्रेजरी विल्सको दर १०.५८ प्रतिशत थियो। तरलता सहज हुँदौ जाँदा ट्रेजरी विल्सको दर पनि लगातार घट्दै गएको देखिन्छ।

पछिल्लो केहि समयदेखि नै ट्रेजरीको दर निरन्तर रुपमा घट्दै गएको छ। करिब साढे ११ प्रतिशतसम्म पुगेको २८ दिन अवधिको ट्रेजरी विल्सको दर अहिले घटेर ७.९३ प्रतिशतमा झरेको छ। यसले अल्पकालीन ब्याजदरहरु विस्तारै घट्न थालेको देखाउँछ।

अहिले बैंकिङ्ग प्रणालीमा तरलता सहज हुँदै गएको छ। अहिले सरकारी ऋणपत्रको धितोमा चाहे जति सापटी नदिने भएकोले पनि व्यवस्था अनुसार सरकारी ऋणपत्रमा लगानी गरिसकेका बैंकहरुले ट्रेजरी विल्स खरिद गर्न छोडेको बैंकरहरु बताउँछन्। यसले गर्दा पछिल्लो समय नविकरण गर्न खोजिएका कतिपय ट्रेजरी विल्स राष्ट्र बैंक आफैले खरिद गरेको छ भने कतिपय सरकारले भुक्तान गरेको छ।

बैंकहरुमा तरलता बढेको कारणले पनि बैंकहरु अन्तर बैंक कारोबारमा बढी आवद्ध हुने र ट्रेजरी विल्सको धेरै कारोबार नभएर पछि यसको दर झरेको केन्द्रीय बैंकले जनाएको छ। तरलता टाइट हुँदै गयो भने ट्रेजरी विल्सको दर पनि बढ्दै जान्छ। तरलता केहि सहज भएपछि भने यस्तो दर घट्दै जान्छ। बैंकहरुले जहाँ लागत कम हुन्छ त्यतै बढी लगानी गर्ने गर्छन्।

सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने ट्रेजरी विल्स लगायतको उपकरणको दर घटेपछि सरकारलाई पनि ब्याज भार कम हुने भएको छ। आन्तरिक रुपमा उठाएको ऋणमा ब्याज केहि घट्ने छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।