मेटलाइफ नेपाल पनि अब एनपीएसमा आबद्ध, ग्राहकहरुलाई भुक्तानी प्राप्त गर्न थप सहज

Jan 24, 2023 01:14 PM Merolagani



मेट लाइफ इन्स्याेरेन्स नेपालले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच (एनपीएस)को लागि दुई संस्थाहरु बीच सम्झौता भएको छ । एनसीएचएलको नेटवर्कमा सबै जसो बैंक वित्तीय संस्थाहरु आबद्ध भएकाले उक्त सम्झौता पश्चात मेटलाइफका ग्राहकहरुलाई प्रिमियम भुक्तानी गर्न तथा मेटलाइफबाट भुक्तानी प्राप्त गर्न पनि थप

त्यसैगरी मेटलाइफ नेपालले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, सर्वेयर भुक्तानी, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरु स्वचालित रुपमा गर्न सक्नेछ ।

सम्झौता पत्रमा मेटलाइफका तर्फबाट संस्थाका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ भन्छन् —“हामी सधैँ आफ्ना ग्राहकहरुलाई थप सहज रुपमा सेवा प्रदान गर्ने उपायहरु गरिरहेका हुन्छौँ र नेपाल क्लियरिङ्ग हाउससँग भएको यस सम्झौताले हाम्रा ग्राहकहरुलाई प्रिमियम भुक्तानी गर्न थप सहज हुनेछ भने मेटलाइफबाट बीमा दाबी तथा अन्य भुक्तानी प्राप्त गर्न पनि छिटो र सहज हुनेछ” ।

एनपीएस अन्तर्गत एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको  एनपीआईमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ८० भन्दा बढी गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

अमेरिकामा स्थापना भएको अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखा र मेट लाइफ इंकको सहायक कम्पनीको रूपमा मेटलाइफ नेपाल सन् २००१ देखि नेपालमा सञ्चालनमा रहेको छ । नेपालमा, मेटलाइफले ग्राहकहरु तथा व्यवसायहरूलाई जीवन बीमा, दुर्घटना र स्वास्थ्य बीमा, सामुहिक बीमा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।