संघीय संसद भवन अगाडि एक व्यक्तिले आफैंमाथि आगो लगाए

Jan 24, 2023 03:34 PM Merolagani



संघीय संसद भवन अगाडि एक जनाले आफैंमाथि आगो लगाएका छन् । मंगलबार दिउँसो बानेश्वरको मुख्य सडकमा नै ती पुरुषले आत्मदाहको प्रयास गरेका हुन् ।

उनले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् । ती पुरुषलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तिपुर अस्पताल लगेको छ । आत्मदाह गर्ने पुरुष इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्य रहेकाे खुलेकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्कनुसाथ आचार्यले आत्मदाहकाे प्रयास गरेका हुन् ।

 

 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।