संघीय संसद भवन अगाडि एक व्यक्तिले आफैंमाथि आगो लगाए

Jan 24, 2023 03:34 PM Merolagani



संघीय संसद भवन अगाडि एक जनाले आफैंमाथि आगो लगाएका छन् । मंगलबार दिउँसो बानेश्वरको मुख्य सडकमा नै ती पुरुषले आत्मदाहको प्रयास गरेका हुन् ।

उनले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् । ती पुरुषलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तिपुर अस्पताल लगेको छ । आत्मदाह गर्ने पुरुष इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्य रहेकाे खुलेकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्कनुसाथ आचार्यले आत्मदाहकाे प्रयास गरेका हुन् ।

 

 




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।