आँधिखोला लघुवित्तको खुद ब्याज आम्दानी घट्यो, नाफा कति?

Feb 06, 2023 08:27 AM Merolagani

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड (AKBSL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३ करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ करोड १२ लाख रुपैयाँ मात्र यस्तो आम्दानी गरेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २१.६६ प्रतिशत घटेको हो। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १५.८८ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६२.७१ प्रतिशत घटेको छ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफासँगै लघुवित्तको खुद नाफा पनि घटेको छ। समीक्षा अवधिमा ५४.१३ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनामा २ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको यस लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड १२ लाख रुपैयाँ मात्र नाफा कमाएको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३० रुपैयाँ २७ पैसा घटेर १८ रुपैयाँ ९८ पैसामा झरेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ९३.५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ३८ पैसा रहेको छ।

११ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८ करोड ४९ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा लघुवित्तले ४९ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन तथा ७७ करोड ६१ लाख रुपैयाँ सापटी गरी १ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

comments powered by Disqus

नेष्डो समृद्ध लघुवित्तले घोषणा गर्यो साढे ७३ प्रतिशत लाभांश, बोनस र नगद कति?

Mar 26, 2023 10:07 AM

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड (NESDO) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।