ब्याज आम्दानी घटेसँगै मेरो माइक्रोफाइनान्सको खुद नाफा घट्याे

Feb 06, 2023 12:17 PM Merolagani



मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (MERO) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ६ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७६.९६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २९ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३५.२७ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी ३९.४० प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ७७. ४४ प्रतिशत घटेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३७ रुपैयाँ ७४ पैसा घटेर ११ रुपैयाँ ३० पैसामा झरेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ६७.८८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ १९ पैसा रहेको छ।

१ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८५ करोड ४२ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा लघुवित्तले १२ अर्ब ४८ करोड ८१ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट १५ अर्ब ३ करोड १२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।





आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।