गल्ती गरेको प्रमाणित भए झुन्डिन तयार छु : अध्यक्ष हमाल

Feb 06, 2023 05:12 PM MeroLagani



नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफूलाई लगाएको आरोपको खण्डन गर्दै कुनै गल्ती गरेको प्रमाणित भए टुँडिखेलमा झुण्डिन तयार रहेको बताए । केही  मिडियामा आफ्नाे बारेमा चरित्र हत्या हुने गरी समाचार प्रकाशित भएपछि त्यसकाे खण्डन गर्न आयाेजित पत्रकार सम्मेलनमा हमालले साे कुरा बताएका हुन ।

उनले भने–‘म अहिले ५५ वर्षको भए । मैले कुनै गल्ती गरेको प्रमाणित भए भने टुँडिखेलमा लगेर झुण्ड्याउनु होला।’

बोर्डका अध्यक्ष हमाललाई आइपीओ स्वीकृत गर्दा बिचौलियामार्फत घुस मागेको आरोप लगाइएको थियो । बुक बिल्डिङ प्रक्रियामार्फत रियल सेक्टरका कम्पनी आउने प्रक्रियामा पनि हमालले भाँजो हालेको समेत मिडियामा आरोप लगाइएको थियो ।

तत्कालीन अध्यक्ष भिष्मराज ढुंगानाले सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामार्फत आइपीओ निष्काशन गर्ने क्रममा आफन्तका नाममा गोल्डेन शेयर हात पारेर पदको दुरुपयोग गरेको आरोपमा सरकारले बर्खास्त गरेको थियो। सोही स्थानमा एक वर्ष अगाडि थाइल्यान्डमा व्यवसाय गरि बसेको हमाललाई नियुक्त गरेका थिए ।

हमालले नयाँ ब्रोकर थप्ने, नयाँ एक्सचेन्ज ल्याउने तथा लामो समयदेखि मर्जरमा रहेका कम्पनी रोक्का रहेका कम्पनीहरुलाई नेप्सेमा नियमावलीमार्फत खुला गरेकाले लगानीकर्तामाझ सकारात्मक छवि बनाएका छन् । उनको पदावधि अब करिब १ वर्ष मात्रै बाँकी छ ।

 

 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।