बीमा अभिकर्तालाई आवश्यक डकुमेन्ट बुझाउन प्राधिकरणको निर्देशन

Feb 07, 2023 11:42 AM Merolagani



नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरुलाई आवश्यक डकुमेन्ट बुझाउन निर्देशन दिएको छ । प्राधिकरणले बीमा अभिकर्ताहरुलाई आफु कार्यरत बीमा कम्पनीहरुसँग सम्पर्क गरी आवश्यक डकुमेन्ट बुझाउन निर्देशन दिएको हो ।

प्राधिकरणले बीमा अभिकर्ताको एसएससी वा सो भन्दा माथिको लब्धांक पत्र र चारित्रिक प्रमाण पत्र, नेपाली नागरिताको प्रतिलिपि, पासपार्ट साइजको फोटो र स्थायी लेखा नम्बर (प्यान) कार्ड बुझाउन निर्देशन दिएको हो ।

उक्त कागजपत्रहरु तत्काल बीमकको कार्यालयमा नबुझाए बीमा अभिकताको इजाजतपत्र नविकरण नहुने प्राधिकरणले जनाएको छ ।

बीमा ऐन २०७९ को दफा ११(७) बमोजिम बीमा अभिकर्ताहरुको इजाजतपत्र दिँदा समान किसिमको एउटा मात्र बीमकको बीमा अभिकर्ताको इजाजतपत्र दिइनेछ भने व्यवस्था रहेको छ ।

उक्त व्यवस्था कार्यान्वयन गर्न प्राधिकरण यस्तो निर्देशन दिइएको जनाएको छ ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।