सञ्चार मन्त्री रेखा शर्माले भनिन् ‘आइटी क्षेत्रलाई नियमन गर्ने कानुन छिट्टै ल्याउछु’

Feb 07, 2023 03:51 PM Merolagani



सूचना प्रविधि तथा सञ्चार मन्त्री शेखा शर्माले सूचना प्रविधि क्षेत्रलाई नियमन गर्ने कानुन छिट्टै ल्याउने बताएकी छिन ।

क्यान इन्फोटेक मेलाको उद्घाटनमा बोल्दै मन्त्री शर्माले देशको सूचना तथा प्रविधि क्षेत्रमा आवश्यक कानुन बन्न नसकेको आईटी कानुन चाँडै नै तयार गरिने बताएकी हुन । उनले आईटी कानुन बन्न नसकेकोमा खेद प्रकट गर्दै यो बिषयलाई चाँडै नै टुङ्गो लगाउने प्रतिवद्धता समेत जनाइन ।

 

“सूचना तथा प्रविधि क्षेत्रका लागि छुट्टै कानुनको आवश्यकता भएपनि यसमा प्रभावकारी काम हुन सकेको छैन । यो क्षेत्रलाई नियमन तथा प्रभावकारी बनाउनको लागि आईटी कानुन छिट्टै नै तयार गरेर संसदबाट पारित गराउने प्रतिबद्धता गर्छु,’ उनले भनिन् ।

मन्त्री शर्माले क्षेत्रमा काम गरिरहेका व्यक्ति तथा संस्थाहरूलाई सुझावको लागि पनि आग्रह गरिन ।
उनले थपिन ‘आईटी क्षेत्रको सानो सानो कुरामा ध्यान नदिँदा अर्बौँ रकम बाहिरिन सक्छ । यस क्षेत्रलाई प्राथमिकतामा राख्न नसक्दा देशको राजश्व गुमिरहेको छ, हाम्रो आइटी प्राविधिक जनशक्ति विदेश गइरहेका छन्।’ 

आइटी क्षेत्रको विकासमा सरकार गम्भिर रहेको समेत उनको भनाई थियो ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।