भुकम्पका कारण टर्कीमा आर्थिक संकट : एक बिलियन डलरकाे क्षति, लीरामा गिरावट

Feb 07, 2023 06:57 PM Merolagani

टर्कीमा गएको शक्तिशाली भुकम्पका कारण आर्थिक संकट परेको छ । सो राष्ट्रको मुद्रा लीरा निरन्तर कमजोर भइरहेको छ भने महंगी दर करिब ५७ प्रतिशत रहेको छ ।

महंगीका कारण जिविका धान्न टर्कीका नागरिकलाई धौधौ परेको अवस्था छ । सोमबार बिहानदेखि दिनभरमा तीन ठुलो भुकम्प र २४३ भन्दा धेरै पराकम्पका कारण हालसम्म ५ हजार भन्दा धेरै मानिसको ज्यान गइसकेको छ । टर्कीमा निधन हुनेको संख्या तीन हजार ४१९ र घाइतेको संख्या २० हजार ५३४ पुगेको छ । करिब ६ हजार भवनहरु ध्वस्त भएको छ भने कैयौं मानिस अझै बेपत्ता छन् । कैयौंको उद्धार अझैपनि भइरहेको छ । सिरियामा एक हजार ६०२ जनाले भुकम्पका कारण ज्यान गुमाएका छन् ।

एक बिलियन डलरकाे क्षति

युएस जियोलोजिकल सर्वेक्षणका अनुसार भुकम्पले टर्की र सिरियाका केहि क्षेत्रमा धेरै असर गर्दा एक बिलियन डलरको क्षति भएको छ । २०२० जनवरीमा यस क्षेत्रमा ६.७ म्याग्निच्युडको भुकम्प आउँदा ६०० मिलियन डलरको क्षति भएको थियो ।

यद्यपी टर्कीमा बीमा ब्रीजका माध्यमबाट नागरिकहरुलाई अनिवार्य बीमा गराइन्छ । २०२१ मा गरिएकाे बीमा नवीकरणका आधारमा टर्कीकाे करिब २.५ बिलियनको दावी भुक्तानीको क्षमता रहेको छ । यस्तै, पहिलोदेखि नै गृह युद्धका कारण सिरियाकाे अवस्था अत्यन्त खराब रहेको छ । सो राष्ट्रमा खानपिनदेखि लिएर अन्य समस्या पनि रहेको छ । भुकम्पका कारण समस्या झनै धेरै बढेको बताइएकाे छ ।

यी राष्ट्रहरूमा भवन तथा अन्य संरचना भत्किँदा अत्याधिक क्षति भएको छ । यसैगरी, उद्योग तथा उत्पादनमा स्वतः घाटा हुँदा वस्तु निर्यात सुस्त भएको छ । विद्युत आपूर्ति अवरुद्ध हुँदा लाइफ लाइन सेवा सञ्चालन गर्न कठिनाई भइरहेको छ । यसैगरी, राजस्व घट्ने र सार्वजनिक क्षेत्रको खर्च बढ्ने अनुमान गरिएकाे छ । त्यस्तै, चोटपटक, मृत्यु वा बेरोजगारीका कारणले घरेलु आम्दानीमा असर पर्नेछ ।

घरभाडा दुई गुणाले बढ्यो

टर्कीकी एक महिलाका अनुसार गत वर्ष ४ हजार ५०० लीरा भएको टर्कीको घरभाडा अहिले दाेब्बरले बढेकाे छ । टर्कीका नागरिकले घरभाडा दुई गुणा बढेको बीबीसीसँग बताएका छन् । अहिले टर्कीमा एक घर भाडामा लिँदा करिब ३० हजार लीरा पर्ने गर्दछ ।

महंगी ६०० प्रतिशतले बढेको महसुस

टर्किकै अर्का एक नागरिकले आफूहरु अचानक गरीब भएको महसुस गरेकाे बताएका छन् । उनले भनेका छन्, "सडकमा महंगी ६०० प्रतिशतले बढेको महसुस भइरहेको छ तर पेन्सन केवल ३० प्रतिशतले बढेको छ।"

इस्तानबुलका एक रेस्टुरेण्ट म्यानेजर एर्सिन फुआट उलुकाका अनुसार टर्कीमा हाल कि त अत्यन्त धनी छन् कि अत्यन्त गरिब मात्र छन् । अहिलेको अवस्थामा मध्यम वर्गिय व्यक्ति त्यहाँ छैनन् । सरकारकाे सहयोग पाएपछि पनि महंगीको सामना गर्न कठिन भएको उनको भनाई छ । उनले टर्किमा आफ्नो भविष्य अन्धकार देखेको बताएका छन् ।

टर्कीमा निर्वाचन हुँदै

यस वर्ष टर्कीमा निर्वाचन हुँदैछ । यस्तो अवस्थामा अर्थतन्त्र वृद्धि गर्नकालागि राष्ट्रपति एर्दोगानले रेकर्ड सार्वजनिक खर्च गर्ने घोषणा गरेका छन् । उनको योजनामा उर्जा अनुदान, न्युनतम पारिश्रमिक दोब्बर गर्ने र पेन्सन बढाउने योजना छन् । यसकासाथै २० लाख भन्दा धेरै मानिसलाई तत्काल अवकाशको मौका पनि समावेश गरिएको छ । विज्ञहरुले रुस र युक्रेन युद्धसँगसँगै एर्दोगानको नितीहरुलाई कमजोर अर्थतन्त्रको कारण मानिरहेका छन् ।

२०१८मा पनि थियो आर्थिक संकट

सन् २०१८मा पनि टर्कीमा आर्थिक संकट देखिएको थियो । तर सो समयमा संकट हुनुकाे कारण अमेरिकी प्रतिबन्ध थियो । हालको अवस्था भने पुरै फरक छ । तर आउँदा दिन टर्कीका लागि थप नराम्रो हुन सक्ने आंकलन गरिएको छ । राष्ट्रपति एर्दोगान आर्थिक नितिहरुको विपरित दिशामा चलिरहेको विज्ञहरुको आरोप छ । उनले व्याजदरमा निरन्तर कटौती गरिरहेका छन् । अन्य देशहरुका केन्द्रिय बैंकले मुद्रास्फिती नियन्त्रण गर्न व्याजदर बढाइरहेका बेलामा उनले भने व्याजदर घटाइरहेका छन् ।

८५.५ प्रतिशतसम्म पुगेको थियो महंगी, मुद्रा ३८ प्रतिशतले कमजोर

२०२२ अक्टोबरमा टर्किको खुद्रा महंगी दर ८५.५ प्रतिशतसम्म पुगेको थियो । यो २४ वर्षयताकै उच्च मुद्रास्फिती दर थियो । यद्यपी जनवरीमा कम भएर महंगी ५७.७ प्रतिशतमा झरेको थियो । त्योभन्दा एक महिनाअघि डिसेम्बरमा महंगी दर ६४.३ प्रतिशत थियो ।

यस्तै, डलरको तुलनामा टर्कीको मुद्रा लीरा १८.८३ मा पुगेको थियो । एक वर्ष अघि अर्थात् २०२२को फेब्रुअरी ६ मा लीरा १३.५६ थियो । अर्थात् एक वर्षमा टर्कीको करेन्सी करिब ३८ प्रतिशतले कमजोर भएको छ ।

यसैगरी, टर्किका राष्ट्रपति एर्दोगानले देशका दक्षिणी भागका १० शहरहरूलाई प्रकाेप क्षेत्र भएकाे र ती क्षेत्रमा तीन महिनाकाे आपतकालिन अवस्था घाेषणा गरेका छन् ।

 एजेन्सी ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।