अरुण काबेलीको विद्युत बिक्री आम्दानी घट्यो, नाफा कति?

Feb 10, 2023 05:40 AM Merolagani

अरुण काबेली पावर लिमिटेड (AKPL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ४३ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.९१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४५ करोड ४१ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो। समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ९५ प्रतिशत बढेको छ भने खुद खर्च १६.२० प्रतिशत बढेको छ।

खर्च बढेको र विद्युत बिक्री आम्दानी घटेको कारण समीक्षा अवधिमा कम्पनीको खुद नाफा घटेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले १५ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.०९ प्रतिशत कम हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५ रुपैयाँ ७६ पैसा घटेर १६ रुपैयाँ ३२ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५ गुणा रहेको छ। १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३६ करोड २० लाख रुपैयाँ सञ्चित छ।

comments powered by Disqus

सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने म्याद थप

Oct 04, 2023 07:18 AM

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले असोज १४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीको आईपीओमा अब असोज २८ गतेसम्म आवेदन दिन सकिने भएको छ।