पर्यटकहरु बढेपछि चन्द्रागिरी हिल्सको नाफा बढ्याे, ईपीएस कति?

Feb 10, 2023 08:55 AM Merolagani



चन्द्रागिरी हिल्स लिमिटेड (CGH) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा ५८ लाख रुपैयाँ ऋणात्मक रहेको थियो।

आन्तरिक पर्यटकहरुको भ्रमणमा वृद्धिका कारण कम्पनीको आर्थिक क्रियाकलाप बढेका कारण कम्पनीको व्यापार व्यवसायमा बृद्धि भएको वित्तीय विवरणमा उल्लेख छ। यसका साथै नेपाल भ्रमण गर्ने तथा नेपालमा कार्यक्रम गर्ने विदेशी पर्यटकहरुको संख्यामा समेत सुधार भएको र पर्यटकहरुको गतिविधिमा वृद्धि भएको कम्पनीले जनाएको छ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४१.१३ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी ५१.०१ प्रतिशत बढेको छ भने अन्य आम्दानी १३९.९१ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७६ पैसा ऋणात्मक रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ६ रुपैयाँ ७१ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ७७ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९४.३३ गुणा रहेको छ।

 




नेप्सेमा 'ब्ल्याक फ्राइडे': एकै दिन १ हजार अंकको पहिरो, नेप्सेको प्राविधिक हालत !

Jul 24, 2026 04:01 PM

नेपाली शेयर बजारको इतिहासमा आज शुक्रवार शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक एकै दिन १०००.९३ अंकले घटेर १७१७.७९ को विन्दुमा झरेको छ।