छिमेक लघुवित्तको नाफा र ईपीएस दुबै बढ्यो

Feb 10, 2023 10:12 AM Merolagani



छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड (CBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा र ईपीएस दुबै बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ५५ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.५६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४९ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २८.१३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २३.४० प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १८.४० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १२.०७ प्रतिशत बढेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ४ रुपैयाँ ९६ पैसा बढेर ४७ रुपैयाँ ८५ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २५.७२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७३ रुपैयाँ ७० पैसा रहेको छ।

२ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ७० करोड ८३ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो ६ महिनामा लघुवित्तको सापटी तथा निक्षेप ७.५९ प्रतिशत बढेको छ भने कर्जा १.३९ प्रतिशत बढेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।