गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १२ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद बीमाशुल्क भने ३०.५४ प्रतिशतले बढेर ५९ करोड १९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधीमा कम्पनीले ४५ करोड ३४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै कम्पनीले पुनर्बीमा कमिशन बापत १७ करोड ४५ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ३ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको छ ।
दुई कम्पनी मर्ज पश्चात बनेको कम्पनीको चुक्ता पूँजी २ अर्ब २३ करोड ९९ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको जगेडा कोषमा ६६ करोड २० लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब १५ करोड ७ लाख रुपैयाँ र महाविपत्ती कोषमा ५ करोड १० लाख रुपैयाँ संचित रहेको छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ५ पैसा, प्रति शेयर नेटवर्थ १८३ रुपैयाँ २१ पैसा र मूल्य आम्दानी अनुपात ४४.९३ गुणा रहेको छ ।