वित्तीय लागत बढ्दा अपर तामाकोशीको नोक्सानी बढ्यो

Feb 12, 2023 07:45 AM Merolagani



अपर तामाकोशी हाइड्रोपावर लिमिटेड (UPPER) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ८२ करोड ४८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३३ करोड ५ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो।

विद्युत बिक्री आम्दानी र सञ्चालन आम्दानी बढेपनि वित्तीय लागत बढ्दा कम्पनीको नोक्सानी बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३६.७१ प्रतिशत बढेको छ भने सञ्चालन आम्दानी ४८.८५ प्रतिशत बढेको छ। त्यसैगरी। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा ६५.५२ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ रुपैयाँ २४ पैसा ऋणात्मक रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १५ रुपैयाँ ५८ पैसा ऋणात्मक भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ६२ रुपैयाँ ३८ पैसा रहेको छ।

१० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ३ अर्ब ९८ करोड रुपैयाँ ऋणात्मक रहेको छ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।