युनाइटेड इन्स्योरेन्सको खुद नाफा बढेपनि बीमाशुल्क भने घट्यो

Feb 12, 2023 10:31 AM Merolagani



युनाइटेड इन्स्योरेन्स (UIC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३३.७० प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ६ करोड ५८ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क भने ४०.८५ प्रतिशतले घटेर २६ करोड १७ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४४ करोड २४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन बापत ६ करोड ४८ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ३ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब २ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २३ करोड ८७ लाख रुपैयाँ, बीमा कोषमा ४६ करोड ७२ लाख रुपैयाँ र महाविपत्ती कोषमा १ करोड २४ लाख रुपैयाँ सञ्चित रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६२ पैसा, प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ६८ पैसा र मूल्य आम्दानी अनुपात ३०.३४ गुणा बढी रहेको छ ।




comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।